२०८१ चैत्र ९ गते शनिवार

प्रधानमन्त्रीको मन्त्रीहरुलाई व्रिफ्रिङ – पार्टी एकता संकटमा पर्यो


काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको मन्त्रीहरुलाई बताएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै शनिबार बेलुका ओलीले मन्त्रीहरुलाई अब तपाँईहरु कता लाग्ने हो स्पष्ट भएर उभिन आग्रह पनि गरेको एक मन्त्रीले बताए ।

‘राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको छ,’ प्रधानमन्त्रीको भनाई उद्धत गर्दैै एक मन्त्रीले भने ‘अब तपाँईहरु कताको हो, स्पष्ट कित्ता छुट्याउनु होस।’प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली दुबै पद नछोड्ने अडानमा अडिग रहने संकेत मिलेको ती मन्त्रीले बताए । असार २२ गतेका लागि तय गरिएको स्थायनी कमिटी बैठक पछि प्रधानमन्त्रीको बारेमा के निर्णय गर्ने हो ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

नेपका भित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई दुबै पदवाट राजिनामा माग्दै आएका छ्न । त्यसले गर्दा नेकपा भित्र तीव्र धुव्रिकरण बढेको छ । पार्टी फूट्ने सम्मको हल्लाहरु नेकपामा व्याप्त बनेको छ ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *