२०७८ जेष्ठ २ गते आइतवार

क्षेत्र नम्बर १ कांग्रेसले गर्यो पालिकाहरुलाई श्वास्थ्य सामग्री सहयोग


शिबराज खनाल,
लमही, असार १९। नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले देउखुरी का ४ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस अर्थात कोभिड १९का बेला फ्रन्ट लाइनमा काम गर्ने पालिकाका कर्मचारीहरुलाइ सेनिटाइजर मास्क र थर्मलगन प्रदान गरेको हो । यस्तो महामारिका समयमा पक्ष बिपक्ष नभई सबै एकजुट भएर लाग्नु पर्ने आवश्यकता औल्याउँदै अग्रपंक्तिमा रहि काम गर्ने सुरक्षा निकाय स्वास्थ्यकर्मी पत्रकार जनप्रतिनिधिहरुको मनोबल उच्च बनाउने अभिप्रायले सांकेतिक रुपमा लमही नगरपालिका, राजपुर गाउपालिका, गढवा गाउपालिका, राप्ती गाउपालिका गरी देउखुरी अन्तर्गतका ४ पालिकालाइ स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ दाङका सभापति भेषराज पान्डेले बताए ।

उक्त स्वास्थ्य सामाग्रीहरु नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले नेपाली काङ्ग्रेस दाङ क्षेत्र १ लाई सहयोग स्वरूप उपलब्ध गराएका थिए । प्रत्यक पालिकामै पुगेर प्रदान गरिएको स्वास्थ्य सामाग्री राजपुर गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलाई र अन्य पालिकाहरुमा पालिकाका स्वास्थ्य संयोजकहरुलाइ हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा पुर्ब माननीय सुसिला चौधरी, महासमिति सदस्य जानकी लाल बस्नेत ,प्रदिप सर्मा ,अनुराग यादब ,महिला नेतृ गिरिजा देबि न्यौपाने, नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्री गोबिन्द रेग्मी,खिमा देबि रिजाल, तथा नेपाली काङ्ग्रेसका नेता अजय न्यौपाने, हरि भुसाल, नारायण बिसि, तारा डिसि, राजपुर गाउपालिका सभापति सरद बुढाथोकी, प्रताप खडका, राप्ती गाउपालिका सभापती दुर्यधन पान्डे, बाल चन्द्र, हमाल, लमही नगर सभापती शिव प्रसाद चौधरी, नबाफ अलि लागएतकाको उपस्थित रहेको थियो । नेपाली काङ्ग्रेस दाङ जिल्ला क्षेत्र नम्बर १ पहिले चरणमा सेनिटाइजर र साबुन, दोश्रो चरणमा प्रत्यक पालिकालाई नगद रु २५ हजारका दरले राहत स्वरूप प्रदान गरेको थियो भने तेस्रो चरणमा पुनः स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *