काठमाडौं,असार १८ । सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्ने गरि स्थगित गरिएको छ । बिहीबार दुई पटक बैठक बसेपनि उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली आएनन् । नेकपाको आन्तरिक जिनका लागि महत्वपूर्ण मानिने स्थायी कमिटीको बैठक चलिरहँदा मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक विहीवारको बैठक प्रभावित बनेको हो ।
त्यसपछि एकाएक बैठक रोकेर अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । राष्ट्रपतिलाई भेटेर दाहाल फेरि बालुवाटार पुगेर धारणा राखेपछि बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको हो । दाहाल, नेपालले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदवाट राजिनामा दिन माग गरेपछि नेकपाका तीव्र असन्तुष्टि तथा गुटवन्दि चुलिएको छ । शिर्ष नेताहरुले नै नेकपा विभाजन हुन सक्ने संभावना औंल्याउन थालेका छन् ।