२०८० चैत्र ३० गते शुक्रवार

एकाएक संसद अन्त्य गर्ने सरकारको निर्णय काँग्रेसद्धारा आपत्ति प्रकट

काठमाडौं,असार १८ । संसदको चालु अधिवेशन बिहीबार साँझबाट अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गरेकी हुन ।सरकारको यो निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदमको संज्ञा दिएको छ ।

संसदमा भएका सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा भएपनि कसैलाई थाहासमेत निदइ अधिवेशन अन्त्य गरेको प्रति काँग्रेस रुष्ट देखिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई आपत्तिजनक भनेका छन् ।उनले एमसीसी लगायत महत्वपूर्ण विधेयक र कोरोनाको चुनौती सामाना गर्न प्रस्तुत संकल्प प्रस्तावबारे टुंगोमा नपुगी अधिवेश अन्त्य गरिर्न गलत अभ्यास भएको बताएका छन् ।

‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रियालाई अवलम्बन गरिएन,’ उनले भनेका छन् ‘अधिवेशन अन्त्य गर्ने बारे प्रमुख प्रतिपक्षी दल कांग्रेससँग कुनै परामर्श गरिएन र पूर्व सूचना पनि दिइएन।’उनले दलभित्रको द्वन्द्वको दुस्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद र आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *