२०७८ जेष्ठ ४ गते मङ्गलवार

शान्तिनगर काँग्रेसको माग – वडाध्यक्ष डाँगीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर


तुलसीपुर, असार १८ । नेपाली काँग्रेसको बैठक विहीवार शान्तिनगरको बसेको छ । गाउँपालिकाका सहसभापति देविराज रिजालको अध्यक्षता र नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीको प्रमुख आथित्यमा बैठक बसेको हो । बैठकले वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै आक्रमणमा सम्लग्न सबै सातै जनालाई पक्राउ गर्न माग गरेको छ ।

बैठकका सहभागिहरुले तत्काल सबैलाई पक्राउ गरि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसले वडा कार्यकक्षमै वडाध्यक्ष डाँगी माथि भएको आक्रमणलाई कायरताको संज्ञा दिएको छ । मंगलवार विहान सवा ११ बजेतिर वडाध्यक्षमाथि कार्यक्रमक्षमै आक्रमण भएको थियो । जसको जिम्मा सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति मार्फत लिएको छ ।

उक्त घटनाको चौतर्फी निन्दा हुँदै आएको छ । घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि मंगलवार दिउँसो नै हेलिकोप्टर मार्फट थप उपचरको लागि काठमाडौं लगेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *