असार १८ । वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तत्व पाइने स्वादिस्ट तरकारी हो । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ । विषालु च्याउको सेवनबाट विश्वभरी नै मानिसको मृत्यु हुनेगर्छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् । दाङमा पनि विषालु च्याउ खाएर धेरैले ज्यान गुमाउने गरेको खबर विभिन्न सामाजिक संजाल बाट थापाईएको छ।
नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउ मात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो हुन्छ । सामान्यतया खानयोग्य च्याउको माथि रहेको छाता चिप्लो हुने गर्छ । यदि खस्रो भएमा उक्त च्याउ विषालु हुन्छ । वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पुर्याउनुपर्छ । तितो स्वाद, नमिठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुन सक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् । विषालु च्याउ धेरै समयसम्म रहन्छ ।जबकि खानयोग्य च्याउ केहीदिनपछि कुहिएर जाने गर्छ ।
विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ । यो हेर्दा सफा र आकर्षक देखिन्छ । कहिलेकाँही खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुनसक्छ ।
विषालु च्याउ खाएर मानिस बिरामी भएको तथा कतिपय अवस्थामा त परिवारका सबै सदस्यको ज्यानै समेत गएको समाचार आइरहेका हुन्छन् । खासगरी जङगलबाट टिपेर ल्याएका च्याउ खाँदा यस्ता घटना बढि घट्ने गर्दछन् । यदि तपाइ च्याउ खान मन पराउनुहुन्छ तर च्याउ चिन्न सक्नुहुन्न भने यहाँ विषालु र सध्य च्याउ चिन्ने केही तरिकाका बारेमा चर्चा गरिएको छ ।
पुरानो तथा बिग्रिएको च्याउ– स्वस्थ र विषरहित च्याउ जहिलेपनि ताजा र नरम खालको हुने गर्दछ । यसमाथि पनि विष नभएको च्याउ हतपत नभाँचिएको अवस्थामै हुने गर्दछ । यसको अलवा च्याउ टिप्दा वा किन्दा यो कुरामा पनि विचार गर्न जरुरी छ की कतै च्याउमा किरा लागेको वा कुनै कालो धब्बा बसेको त छैन् ? यदि यस्ता लक्षण भएको च्याउ हो भने यो खानु हुँदैन् यस्ता च्याउ विषालु हुने संभावना अधिक हुन्छ ।
छाता आकारको च्याउ नकिनौं– यस्ता आकार भएका च्याउमा विष हुने संभावना अरु च्याउमा भन्दा धेरै हुन्छ । छाता आकारको च्याउका डाँठमा सेतो रङको एकप्रकारको घेरा पनि हुने गर्दछ । यस्ता च्याउहरु ब्ढि उज्याला हुने गर्दछन् र यिनमा प्राकृतिक विष एमनिटा प्रशास्तै हुने गर्दछ । यी च्याउहरु हुर्किदै जाँदा खैरा रङमा परीणत समेत हुने गर्दछन् । झुप्पा भएका च्याउ–झुप्पा भएका च्याउ पनि खानुहुदैन् यी च्याउले पनि स्वास्थ्यमा नराम्रो असर गर्दछ ।
सुगन्धित च्याउ– कुनै च्याउ यस्ता पनि हुनेगर्दछन् की तिनीहरुको गन्ध बास्नादार हुनेगर्दछ । यी च्याउ खाँदै खानुहुँदैन् । यो मात्रै होइन स–सना खैरा रङका च्याउ पनी खानुहुँदैन् ।
बबि बस्नेत
वाली संरक्षण अधिकृत,
कृषी ज्ञान केन्द्र सोलुखुम्बु