२०८१ माघ १२ गते शनिवार

दाङमा प्रजातान्त्रिक सम्पर्क महासंघको शाखा गठन

दाङ १७ असार । नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको दाङ शाखा बुधबार गठन भएको छ । जसको अध्यक्षमा महेन्द्र वहुमुखी क्यापम्स दाङका प्राध्यापक प्रकाश श्रेष्ठ रहेका छन् ।श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमिति १७ सदस्यको छ ।जसको उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा शिशिर अधिकारी, सहसचिवमा जागेश्वर खड्का र कोषाध्यक्षमा सरोज शाहा रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा डा.चेतनारायण पान्डे, विलोचन चौधरी, जानुका केसी, ज्ञानबहादुर रायमाझी, विवेक खडका, दलबहादुर थापा, चित्रबहादुर नेपाली, नारायण डाँगी, सुस्मा चन्द, खड्गबहादुर थापा, हरिबहादुर कुँवर र जवरुद्धिन राइन रहेका छन् ।
गठित समितिको सल्लाहाकारमा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, प्रा.डा.अर्जुन वुढाथोकी र पत्रकार विपुल पोख्रेललाई चयन गरिएको छ ।सल्लाहाकार समिति ७ सदस्यको हुने व्यवस्था गरिएको छ । अन्य सदस्यलाई निकट भविष्यमै थप गर्ने बैठकले निर्णय गरेको छ ।

लोकतन्त्रमा बिश्वास राख्ने व्यवसायी तथा पेशाकर्मीहरूको संगठनका रुपमा गठित उक्त संस्थाले लोकतान्त्रिक संरचनाहरुको प्रबद्र्धन र लोकतान्त्रिक पद्धतिको विकाश लागि काम गर्ने भएको छ । यसैबीच नवगठित समितिकोे पहिलो वैठक बुधवार नै बसेको छ । समितीका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले संस्थाको क्षेत्रीय समिति, नगर र वडा समिति गठन गर्ने निर्णयपनि गरेको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि भएको सांघातिक हमलाको निन्दा गर्दै बैठकले शिघ्र स्वास्थय लाभको कामना गरेको छ ।त्यस्तै वैठकले कोरोना भाइरसको सक्रमणका कारण ज्यान गुमाएका स्वदेश तथा विदेशमा रहेका नेपालीमा समवेदना पनि व्यक्त गर्दै संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । पहिलो बैठकले नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको केन्द्रिय समितिलाई धन्यवादपनि दिएको छ । कार्यक्रमको सहजिकरण नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्यसमिति दाङका सचिव शिशिर अधिकारीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *