दाङ, असार १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बडाध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डाँगीमाथि मंगलवार कार्यकक्षमै झन्डै एक दर्जनको संख्यामा गएको अज्ञात समुहले रड र लाठीले आक्रमण गरि सक्त घाइते तुल्याएको थियो । जसको जिम्मा विप्लव नेतृत्वको नेकपालले विज्ञप्ति मार्फत लिएको छ ।
नेता गिरीले वडाध्यक्ष माथिको आक्रमण लोकतन्त्रमाथिको हमला भएको बताए । नेता गिरीले फोनमा भने ‘अपराधिक झुण्डले गरेको आक्रमण काँग्रेसलाई सैह्य हुँदैन र काँग्रेस यस्ता कुरावाट विचलित नभइ प्रतिवाद गर्न तयार छ।’ उनले दश बर्ष माओवादी युद्धमा पनि काँग्रेसलाई छानिछानी दुःख दिने र मार्ने काम भएको स्मरण गर्दै फेरि प्रजातन्त्रमाथि आक्रमण गर्ने षडेन्त्र सुरु भएको बताए ।
त्यस्तै उनले वडाध्यक्ष माथि आक्रमण गर्न अपराधिक मानसिकताका व्यक्तिहरुको पहिचान गरि पक्राउ गर्न र कानुनी कारवाही गर्न माग पनि गरे ।पछिल्लो घटनाले सरकार शान्ति सुरक्षा र्गन असक्षम रहेको भन्ने पुष्टि भएको हुँदा सरकारको औचित्य माथि नै प्रश्न उठेको तर्क गरे ।
उनले दोषीलाई कारवाही नहुँदा सम्म काँग्रेस चुप लागेर नबस्ने बताए ।