तुलसीपुर, असार १७ । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाई समितिले शान्तिनगर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्याम्पस कार्यबहाक इकाई सभापति कैलाश चन्दले बुधवार एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका छन् । दोषीको पहिचान गरि कारवाही नभए सम्म नेविसंघ चुप लागेर नबस्ने पनि उनले चेतावनी दिएका छन् ।
प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार