तुलसीपुर, असार १६ । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै भएको आक्रमणको नेपालीकाँग्रेस दाङले निन्दा एवं भत्र्सना गरेको छ । घाइते डाँगीको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका काँग्रेस दाङकासभापति कीर्तिबहादुर खड्काले घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरे । कार्यकक्षमै जनप्रतिनिधिमाथि भएकोआक्रमणको जति निन्दा र भत्र्सना गरेपनि नपुग्ने उनले बताए । जनप्रतिनिधिमाथि वडा कार्यालय भित्रै भएको आक्रमणले सरकार छ किछैन ? भन्ने प्रश्न खडा भएको उनले बताए ।
जिल्ला सचिव शंकरप्रशाद डाँगीले आक्रमणकारीलाई तत्काल उनीहरुलाई पक्राउ गरि कडा कारवाही गर्न माग गरे । क्षेत्र नम्वर ३ कासभापति जगतबहादुर खड्काले आक्रमणकारीको पहिचान गरि कारावही नहुँदा सम्म काँग्रेस चुप लागेर नबस्ने बताए ।
नेपाली काँग्रेसका नेता केशव आचार्यले कुनैपनि बाहानामा कार्यकक्ष भित्रै ज्यान लिने उदेश्यका साथ भएको आक्रमणमा सम्लग्नहरुलाईछुट दिन नहुने बताए । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले घटनाको निन्दा गरे । उनले तत्काल आक्रमणकारीलाईपक्राउ गरि कानुनी कठघरामा उभ्याउन माग गरे ।