दाङ,असार १६ । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले घाइते वडाध्यक्षलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मागिएकोजानकारी दिए । ‘हेलिकोप्टर मागिएको छ, आएपछि काठमाडौं लैजाने गरि तयारी गरिएको छ,’ रिजालले भने ।
वडाध्यक्षको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते वडाध्यक्षको अवस्था बुझ्न प्रजिअ रिजाल, जिल्ला प्रहरी प्रमुख गणेश चन्द लगाएतका सुरक्षा अधिकारीहरु आएका छन् ।
‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यकक्षमै आक्रमण गरि शक्त घाइते तुल्याएका छन् ।उनीमाथि बिहान सवा ११ बजेतिर १०÷११ जनाको संख्यामा गएका अज्ञात समुहले कार्यकक्षमै प्रवेश गरि रड र लाठीले निर्घात कुटपिटगरेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।