२०७८ जेष्ठ ४ गते मङ्गलवार

नवराजलाई मरणोपरान्त मानव मर्यादा राष्ट्रिय पुरस्कार दिइने


दाङ,असार १५ । जाजरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार विज्ञप्ति जारी गर्दै नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको जानकारी दिएका छन् । यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ। समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरूप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्दै आएको छ ।

नवराज आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएको समयमा जेठ १० बेलुका उनीसहित ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो । नवराजको शव घटना भएकै दिन रातको दश बजेतिर भेरी नदीमा फेला परेको थियो । अन्य उनका साथीहरुको शवपनि क्रमिक रुपमा भेरी नदीमै गोताखेरले फेला पारेका थिए ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *