असार १५ । आज कर्णाली प्रदेशले जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
जेठ १२ गतेको बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले धान दिवसको दिन बिदा दिने निर्णय गरेको थियो । जुम्लामा भने चैत महिनामै धान रोपाइँ हुँदै आएकोले गर्दा प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने गरेको छ । धान दिवस यस वर्ष कुनै औैपचारिक कार्यक्रम नहुने भएका छन् । कोरोना महामारीका कारण यस वर्ष रोपाइँका औपचारिक कार्यक्रम नगरिने भएको हो ।
प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार