२०८१ चैत्र १३ गते बुधवार

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा अर्घुमा बृक्षारोपण

दाङ, असार १४ । डिभिजन वन कार्यालय दाङले राष्ट्रिय वृक्षारोपण दिवसका दिन आइतवार बिरुवा रोपेर यो बर्षको बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १० अर्घुमा रहेको हरियाली सामुदायिक वनको क्षेत्रमा करिव ५ हजार बिरुवा रोपेर यो बर्ष दाङमा बृक्षारोपण कार्यको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

करिव ३ हेक्टर वन क्षेत्रमा मसला, खयर, टिक र बकैना प्रजातिका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय दाङ र हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुको उपस्थितिमा बृक्षारोपण गरिएको हो ।

बृक्षारोपण कार्यक्रमको शुरुवात गर्दै डिभिजनल अधिकृत ज्ञवालीले लगाइएका सवै बिरुवा संरक्षणका लागि उपभोक्ताहरु पनि सक्रिय रुपले लाग्नु पर्ने बताए । उनले बृक्षारोपणको अधिकाँस क्षेत्रमा कार्यालयले तारवार गर्न सहयोग गर्ने आश्वासन दिएका छन् । यो बर्ष दाङमा साढे दुइ लाख भन्दा बढि बिरुवा रोप्ने योजना रहेको वनका पदाधिकारीले बताएका छन् ।

वनलाई नागरिकको जिवनस्तरसँग जोडन जडिबुटी खेतिलाई सबृद्धिको अभियानका रुपमा अगाडी बढाउने भएको छ । वन कार्यालय दाङले यस वर्ष डिभिजन वन कार्यालय अन्तर्गतका ३ वटा नर्सरीमा गरी जम्मा १ लाख टिमुर र २० हजार सुगन्धकोकिलाका विरुवाहरु उत्पादन भएका छन् ।

बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातीका विरुवाहरु लैजाँदा प्रोत्सहान स्वरुप २० प्रतिशत फलफुलका बिरुवा समेत वितरण गरिने डिभिजन वन कार्यालयले बताएको छ ।

पहाडी क्षेत्रमा जटिबुटी र तराइ क्षेत्रमा फलफुलका बिरुवा अन्य बिरुवासँगै रोपे उपभोक्ताहरुले छिटै उत्पादन लिन सक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा २ लाख ५० हजार भन्दा बढि बिरुवा काष्ट तथा फलफुल विरुवाहरु रोपण गरिने डिभिजन वन प्रमुख दिपक ज्ञवालीले बताएका छन् ।

 

 

 

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *