२०८१ माघ ११ गते शुक्रवार

सोती काण्डमा ठूला राजनीतिक दलहरुले साथ दिएनन् : दलित अगुवा

सुशील बस्नेत,
तुलसीपुर, असार १३ रुकुमको सोती लगायत देशका बिभिन्न स्थानमा भएका दलित समूदायको हत्यामा राजनीतिक दलहरुले चासोनदिएको दलित समूदायले बताएका छन् दलित नागरिक समाज दाङ संयुक्त दलित युवा अभियानले शनिबार तुलसीपुरमा आयोजनागरेको बहस कार्यक्रममा सहभागि दलित महिला निर्मला गुप्ताले दलित समूदायका युवाहरुको नरसंहरा हुदा राजनीतिक दलहरुले एउटाबिज्ञप्ती समेत ननिकाल्नु अन्याय भएको बताइन

नेपाल दलित संघका केन्द्रिय सचिब देवीका नेपालीले राजनीतिक दलका भातृ संगठनहरुले गरेको आन्दोलनले नपुग्ने भन्दै माउ पार्टीकोभूमिका माथि प्रश्न गरिन दलित अगुवा जोगेन्द्र बिश्वकर्माले दलितमाथि ठूलो बज्रपात हुदापनि ठूला राजनीतिक दलहरुले चँुइक्क पनि नबोल्दा  रुकुम जाजरकोट क्षेत्रका दलित समूदाय त्रासले बाँच्न बाध्य भएको उनले बताए

नेकपा दाङका सचिवालय सदस्य पदम केसीले सत्तामा रहेको पार्टी नेकपाका केही नेताहरुले सोती घटनामा सन्तोषजनक भूमिकानखेलेको स्वीकार गरे नेपाली काग्रेस दाङ क्षेत्र नम्वर का सभापति जगतबहादुर खड्काले सोती घटनामा सरकारले गर्न सक्ने त्रुटिलाई प्रतिपक्ष दलकोहैसियतले नजिकबाट नियाली रहेको बताए

कार्यक्रममा जनता समाजबादी पार्टीका जिल्ला उपाध्यक्ष मोहन वली ,राप्रपाका जिल्ला अध्यक्ष हंशराज केसी, क्रान्तिकारी नेकपाकाईश्वरी गैर,उच्च अदालत बार एशोसियसन तुलसीपुरका अध्यक्ष रबीन्द्र शर्माले निष्पक्ष न्यायका लागि खबरदारी गरिरहनुपर्ने सुझाब दिएदलित नागरिक समाज दाङका संयोजक छवी परियारको अध्यक्षतामा कार्यक्रम भएको हो

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *