शरद रेग्मी,
तुलसीपुर,असार १३ । तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायिहरूको सहजताका लागि प्राईभेट फर्म संकलन सुरु गरेको छ । ती फर्म घरेलु तथा साना उद्योग कार्यालयमा नविकरण गर्ने व्यवस्था गरेको छ ।व्यवसायिको ब्यस्ततालाई मध्यनजर गर्दै संघले प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरणका लागि पुर्याउने गरेको उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए ।
लकडाउनका कारण ब्यबसायिहरुलाई हिडडुल र सरकारी कार्यालयमा पुग्न समेत कठिनाई भइरहेको हुँदा व्यापारिको सेवाको लागि फर्म संकलन थालिएको संघका अध्यक्ष बिरबहादुर रावतले बताए । उनले हालसम्म करिब एकहजार बढी फर्महरु संकलन भइसकेको जानकारी दिए । नबिकरण, पान नम्बर ,बिजुली, पानी र टेलिफोनको रकम भुक्तानि बाणिज्य सघं मार्फत भइरहेको उनले बताए ।
तुलसिपुर उद्योग बाणिज्य सघंले ब्यबसायिक सेवा केन्द्र स्थापना गरेर ब्यबसायिहरुका फर्म दर्ता,नबिकरण र अन्य सेवाहरुलाई सरल बनाउन अनलाईन र अफिसियल मार्फत काम गर्दै आएको संघका सचिब बिनिल केसीले जानकारी दिए । न्युनतम शुल्कमा ब्यबसायिलाई सहज र सरल रुपमा सेवा प्रदान गर्दै आएको सचिव केसीले बताए । घरदैलोमै सेवा सुरु गरेकोमा अरूण ईन्टरप्राईजेजका सञ्चालक अनुप कुमार श्रेष्ठले संघले थालेको अभियानले सहज भएको भन्दै सहज सेवाका लागि धन्यवाद दिए । ब्यबसायिहरु असार मसान्तको चपेटामा परेको ब्यस्त समयमा संघले सुरु गरेको सेवाले समय बचत भएको तर्क गरे ।