
असार ११ । भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन । बिहिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको भारतको आपत्कालीन प्रबन्धन विभागले जनाएको छ ।
चट्याङ लागेर कैयौ घाइते समेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठुलो सङ्ख्यामा मानवीय क्षति भएको हो ।
प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
