शंकर केसी,
सल्यान, असार १० । सल्यानको कपुरकोटले नीति, कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार सातौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।नीति तथा कार्यक्रमले आर्थिक विकास र कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा जोड दिएको छ । कोरोना विरुद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सघन परिचालन गरिने तथा गाउँपालिकामा रहेको ५० बेडको आइसोलेसन सेन्टर, क्वारेन्टिनको ब्यवस्थापन गर्ने जस्ता कुराहरु नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
अध्यक्ष सेनले अनुमानित कुल वजेट ३१ करोड २९ लाख ९५ हजार रुपैंया सभामा प्रस्तुत गरेका छन् ।कपुरकोट गाउँपालिकाको सातौँ गाउँसभाको पहिलो बैठक विहीबार सम्मका लागि स्थगित भएको छ । दोश्रो बैठक आगामी असार १८ गते तय भएको छ । गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीका अनुसार कृषिको आधुनिकीकरण, यान्त्रिकिकरण, उन्नत जातका तरकारीको वीउ उत्पादन, कृषि तथा पशु क्षेत्रको विकासका लागि हरेक वडामा प्राविधिक जनशक्तिको ब्यवस्थाको लागि गाउँपालिकाले बजेट व्यवस्थापन गर्ने छ ।
महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण भारत लगायत अन्य क्षेत्रबाट रोजगारी गुमाइ गाउँपालिका फर्किएर आएका व्यक्तिहरुको अभिलेख तयार गरी उक्त अभिलेख भित्र रहेका तथा विपन्न बेरोजगारहरुको लागि स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने नीति गाउँपालिकाले अगाडि सारेको छ । दुूग्ध व्यवसायलाई ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न प्रमुख आधारको रुपमा विकसित गदै लगिने र सुुख्खा याममा पनि पशुपंछीको दूध तथा मासुुको उत्पादन बढाउन उपयूतm पशु आहारा, प्रजनन तथा घाँसवाली प्रविधिको विकास गरिने नीतिमा उल्लेख छ ।
१५ सैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने जमिनको ब्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य पूर्वाधार विकास गर्दै लैजाने, महिला स्वास्थ्य स्वयमसेविकाहरुको स्वास्थ्य विमा गर्ने र स्वयमसेविकाहरुको प्रोत्साहन भत्तालाई निरन्तरता दिइने उल्लेख छ ।आगामी आर्थिक वर्षमा पनि कपुरकोट गाउँपालिकाले स्वच्छ खानेपानी सेवा सुनिश्चित गर्न पानी परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । त्यस्तै बिद्यालयहरुमा पुस्तकालय, बुक कर्नर स्थापना, शैक्षिक तथा खेल सामाग्रीको ब्यवस्थापन, भौतिक पूर्वाधार विकास, न्युनतम पारिश्रमिक पाउनबाट बञ्चित प्रारम्भिक बालबिकास सहजकर्ताहरु तथा बिद्यालय कर्मचारीहरुलाई समेत प्रोत्साहित गरिने कपुरकोटको नीतिमा उल्लेख छ । गाउँपालिकाले विद्यार्थी संख्याको आधारमा प्रावि, आधारभुत तथा मावि तहमा शिक्षक व्यवस्थापन गर्ने भएको छ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भवन, सिंचाई, सडक तथा अन्य पूर्वाधार विकास, उर्जा तथा सञ्चार, वन वातावरण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास तथा न्याय, शान्ति सुरक्षा र सार्वजनिक सम्पत्ति संरक्षणमा पनि गाउँपालिकाले विशेष जोड दिएको छ । न्यायिक समितिको क्षमता अभिबृद्धि गर्दै लगिने र क्रमश छुट्टै इजलास कक्षको स्थापना गरी न्याय सम्पादन गर्ने व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख गरिएको छ । गाउँसभामा विधेयक समितिका संयोजक मिनबहादुर सेनले स्थानीय वन ऐन २०७७ र गाउँपालिकाको आर्थिक तथा विनियोजन ऐन पेश गरेका छन् । गाउँसभाका सदस्यहरुले प्रस्तुत नीति, कार्यक्रम र पेश भएको ऐनमाथि छलफल गरेर केही सुझावहरु प्रदान गरेका थिए ।