यमकला भुसाल,
तुलसीपुर,असार १० ।तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि २ अर्ब ३५ करोड ३७ लाख ६४ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ ।बुधवारको ५औं नगरसभामा उपप्रमुख माया शर्माले आगामी वर्षका लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार रुपैंयाको बजेट सार्वजनिक गरेकी हुन । तुलसीपुर ट्रेड टावर व्यवसायिक भवन निमाण र नगरविकास कोषको ऋण सहयोगमा सञ्चालनका लागि २५ करोड र सडक, यातयात गुरुयोजना अन्तर्गत सडक यातयात पुर्वाधार विकास, यान्त्रिक उपकरण खरिद, क्रसर उद्योग, पे«ट्रोल पम्प र रोजगारी सृजनाका लागि तुलसीपुर विकास प्राविधकरण मार्फत आयोजना सञ्चालनका लागि २५ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै तुलसीपुर बजारको चोकमा समग्र उपमहानगरपालिकाको अवस्था झल्कने गरि डिजिटल ड्यास बोर्ड राख्नका लागि ६ लाख रकम विनियोजन गरिएको छ । विदेशबाट फर्किएका व्यक्तिहरुका लागि कृषि तथा पशुपालनको क्षेत्रमा आवश्यक कार्यक्रमका लागि सघं र प्रदेश सरकारको समन्वयमा ३ करोड,विपद व्यवस्थापन कोष सञ्चालनका लागि २ करोडरकम विनियोजन गरिएको छ ।
तुलसीपुर ८ मा रहेको भिमशेन नगर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र विशेषज्ञ सहितको सेवाको सुरुवात गर्नका लागि १ करोड, खेतियोग्य जमिनमा सिंचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि,डिपबोरिङ,पानीको श्रोत संरक्षण र नगरका साना खोलाहश्रमा हार्भेष्टिङ ड्याम निमार्णका लागि २ करोड र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि १ करोड, नगरको फोहोरलाई मोहरमा बदल्न र दिर्घकालिन व्यवस्थापनका लागि १ करोड रकम विनियोजन गरिएको छ । त्यस्तै तुलसीपुर चक्रपथ निमार्णका लागि १ करोड ४० लाख र बजार क्षेत्रमा फूटपाथ निमार्णका लागि २ करोड रकम विनियोजन गरिएको छ ।
स्मार्ट छोरी बिहेवारी २० पारी कार्यक्रमका लागि २० लाख, जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि १ लाख ५० हजार रुपैंया विनियोजन गरिएको छ । उपप्रमुख शर्माले सार्वजनिक गरेको बजेटमा चालुखर्च तर्फ ६६ करोड २० लाख ६४ हजार रुपैंया विनियोजन गरिएको छ भने पूँजिगत तर्फ १ अर्ब ६८ करोड ४७ लाखको बजेट विनियोजन गरिएको छ । जस अन्तर्गत आन्तरिक श्रोतबाट ३० करोड, युनिसेफबाट अनुदान ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० करोड, संघीय सरकारको वित्तिय समानिकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान विषयगत ६० करोड ३४ लाख, राजश्व बाँडफाँडबाट १९ करोड २६ लाख ३९ हजार रुपैंया रहेको छ ।
त्यस्तै समपुरक अनुदान १ करोड ४९ लाख, विषेश अनुदान २ करोड ५० लाख, जिल्ला समन्वय समिति राजश्व बाँड फाँडबाट प्राप्त अनुदान ३ करोड, वित्तिय समानिकरणबाट ७५ लाख ६० हजार, सशर्त अनुदानबाट २ करोड ३२ लाख ५० हजार, राजश्व बाँड फाँडबाट २ करोड १५ हजार, विभिन्न कोष, लगानी समेतमा १० करोड, समपुरक अनुदानमा ८० लाख, सडक बोर्डको रकम ७० लाख, नगर विकास कोषबाट २५ करोड र संघीय सरकार,प्रदेश सरकार र अन्य निकाय वा संस्थाबाट वितरित आन्तरिक ऋण तथा अनुदान र अन्य श्रोत १५ करोड गरि जम्मा २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार रुपैंया आय अनुमान गरिएको उपप्रमुख शर्माले बताइन ।
बजेटमा प्राथमिकता कोभिड १९ को विश्वव्यापी महासंकटको समयमा जीवन जोगाउने कुरा महत्वको विषय भएकाले यससगं जुध्नका लागि क्वारेन्टिन, आइसोलेसन निमार्ण, अत्यावश्यक सामाग्री खरिद, उद्धार र यससगं सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उपमेयर आचार्यले बताइन । त्यस्तै तुलसीपुर ८ मा रहेको भिमशेन नगर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र विशेषज्ञ सहितको सेवाको सुरुवात गर्नका लागि १ करोड, मातृसिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी पोषण प्रोत्साहनलाई निरन्तरता दिदै ४० लाख, उज्यालो अभियान अन्तर्गत २ वर्ष भित्र तुलसीपुरलाई मोति बिन्दुमुक्त नगरको रुपमा घोषणा गर्न १० लाख रकम विनियोजन गरिएको छ ।
त्यस्तै एक वडा एक नमुना विद्यालय सञ्चालन गर्न र नगरस्तरिय शिक्षा गुणस्तर सुधार, शिक्षा व्यवस्थापनका लागि २ करोड, कोभिड १९ को प्रकोपलाई मध्येनजर गर्दै बैकल्पिक विधिबाट विद्यार्थीको सिकाईलाई निरन्तरता दिन १० लाख,टोलमा सिकाई कार्यक्रम गर्न ५ लाख, तुलसीपुरमा नमुना नगरस्तरिय पुस्तकालय स्थापना गर्न १ करोड, तुलसीपुर मेट्रो कलेजको भवन तथा पुर्वाधारका लागि प्रदेश सरकारको विशेष अनुदानमा ९ करोड रकम विनियोजन गरिएको उपप्रमुख माया शर्मा आचार्यले बताइन । त्यस्तै एक वडा एक खेल मैदान कार्यक्रमका लागि २३ लाख रकम विनियोजन गरिएको छ । किसानलाई उन्नत विउको सहज उपलब्धताका लागि विउ विजन बैंक मार्फत काम अगाडि बढाउन १० लाख, कृर्षिमा आधुनिकिकरण, यान्त्रिकिकरण तथा व्यवसायिकरण कार्यक्रम सञ्चालनका लागि २० लाख, कोभिडले पारेको असर र विदेशबाट फर्किएका व्यक्तिहरुका लागि कृषि तथा पशुपालनको क्षेत्रमा आवश्यक कार्यक्रमका लागि सघं र प्रदेश सरकारको समन्वयमा ३ करोड रकम विनियोजन गरिएको छ ।
त्यस्तै एक घर एक सहकारी सदस्य कार्यक्रमका लागि १० लाख, कोभिड– १९ महामारीको कारण रोजगार गुमाएर बैदेशिक रोजगारबाट फर्किएका व्यक्ति, स्थानीय बेरोजगार युवाहरुको तथ्याङ्क संकलन, रोजगार पहिचान र प्रर्वद्धनका विभिन्न कार्यक्रमका लासिग एकमुष्ट २० लाख रुपैया, बैक तथा वित्तिय संस्था र टोल विकास संस्थाको सहकार्यमा मेयर युवा उद्यमशिलता कोषका लागि १ करोड, तुलसीपुर ट्रेव टावर व्यवसायिक भवन निमाण र नगरविकास कोषको ऋण सहयोगमा सञ्चालनका लागि २५ करोड रकम विनियोजन गरिएको छ ।
खेतियोग्य जमिनमा सिंचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि,डिपबोरिङ,पानीको श्रोत संरक्षण र नगरका साना खोलाहश्रमा हार्भेष्टिङ ड्याम निमार्णका लागि २ करोड र खानेपानी,सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि १ करोड रकम विनियोजन गरिएको छ । त्यस्तै कोभिड– १९ को संक्रमणबाट मुक्त भएको अवस्थामा घुम्न जाउ तुलसीपुर अभियानलाई अगाडी बढाउन, पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकास, दोघरे, थर्कोट, विजौरी छिल्लीकोट, हरेवास, चमेरेगुफा मार्गलाई पर्यटन मार्गको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको शर्माले बताइन । टरिगाउँ विमानस्थलको स्तरबृद्धि,थप उडान विस्तार र इन्धन डिपो स्थापनका लागि २५ लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरि लैगिंक हिंसामा परेका महिलाहरुको उपचार तथा पुर्नस्थापन कार्यक्रमका लागि १५ लाख, स्मार्ट छोरी बिहेवारी २० पारी कार्यक्रमका लागि २० लाख, जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि १ लाख ५० हजार, टोल विकास संस्थालाई सामुदायिक सुरक्षा, दुव्र्यशनी नियन्त्रण, स्वास्थ्य र सरसफाई, उद्यमशिलता विकास, व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रमका लागि एकमुष्ट ३ लाख रकम विनियोजन गरिएको छ । उपमहानगरको न्यायक समितिको न्याय सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि १० लाख, विकास तथा खोज पत्रकारिता सम्बन्धि तालिम सञ्चालनका लागि २ लाख, उपमहानगरपालिको विभिन्न क्षेत्रमा फ्री वाइफाई सेवाका लागि २ लाख, तुलसीपुर बजारको चोकमा समग्र उपमहानगरपालिकाको अवस्था झल्कने गरि डिजिटल ड्यास बोर्ड राख्नका लागि ६ लाख रकम विनियोजन गरिएको छ ।
त्यस्तै विपद् पुर्व तयारी,खोज,उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन २० लाख, विपद व्यवस्थापन कोष सञ्चालनका लागि २ करोड,विपद प्रतिकार्य तालिमका लागि १२ लाख रकम विनियोजन गरिएको छ । खाद्यबस्तुको नमुना संकलन र गुणस्तर परिक्षणका लागि १० लाख, राजश्व प्रसाशन सुधार, नदी जन्य पदार्थको अवैध उत्खननलाई प्रविधिमैत्री अनुगमन र नियन्त्रणका लागि १५ लाख, बढी कर तिर्ने करदाता र प्रोत्साहन कार्यक्रमका लागि ५० हजार, नगरको फोहोरलाई मोहरमा बदल्न र दिर्घकालिन व्यवस्थापनका लागि १ करोड रकम विनियोजन गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले निमार्ण गरेको सडक, यातयात गुरुयोजना अन्तर्गत सडक यातयात पुर्वाधार विकास, यान्त्रिक उपकरण खरिद, क्रसर उद्योग, पे«ट्रोल पम्प र रोजगारी सृजनाका लागि तुलसीपुर विकास प्राविधकरण मार्फत आयोजना सञ्चालनका लागि २५ करोड, निमार्ण कार्यको गुणस्तर परिक्षण प्रयोगशाला निमार्णका लागि ३० लाख, तुलसीपुर चक्रपथ निमार्णका लागि १ करोड ४० लाख र बजार क्षेत्रमा फूटपाथ निमार्णका लागि २ करोड रकम विनियोजन गरिएको छ ।
हेर्नुहोस बजेटको पूर्णपाठ