२०७८ बैशाख २५ गते शनिवार

दाङमा १ लाख टिमुरको विरुवा निशुल्क वितरण गरिदै

दाङ, असार १० । डिभिजन वन कार्यालय दाङले किसानलाई १ लाख टिमुरका विरुवा वितरण गर्ने भएको छ ।साढे २ लाख विरुवा निुशल्क रुपमा वितरण लागेको वनले त्यसमध्य १ लाख विरुवा टिमुरका मात्रै वितरण गर्ने जानकारी दिएको छ । डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जिल्लाको सम्वृद्धिका लागि नागरिकलाई जडिबुटी खेतिसंग जोड्ने नीति अन्तरगत निशुल्क रुपमा साढे २ लाख विरुवा वितरण गर्न थालिएको बताए ।

डिभिजन वन कार्यालय अन्तर्गतका ३ वटा नर्सरीमा १ लाख टिमुर र २० हजार सुगन्धकोकिलाका विरुवाहरु उत्पादन गरिएको ज्ञवालीले जानकारी दिए । जसमध्य ५० हजार जडिबुटीका विरुवा सामुदायिक वन उपभोक्ता समूह तथा निजी कृषकलाई निशुल्क रुपमा वितरण गर्ने ज्ञवालीले बताएका छन् । राष्ट्रिय वनमा समेत केही विरुवा रोपिने उनले जानकारी दिए ।

करिव ५० हजार वटा बिरुवा आफ्नै नर्सरीमा तयार पारेको वन कार्यालयले थप ५० हजार बिरुवा भने खरिद गर्नै भएको छ । टिमुर खेतिगर्न चाहने निजी वन धनिलाई वितरण गर्ने योजनाका साथ वनले विरुवा खरिद तथा वितरण गर्न लागेको प्रमुख ज्ञवालीले जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रमा टिमुर खेति र तराई क्षेत्रमा फलफूल खेतिलाई प्रोत्साहान गरिने उनले बताए ।

टिमुरसंगै वन कार्यालयले तेजपात, अमला, कुरीलो लगायतका अन्य जटिबुटीहरु कृषकको माग र वातावरण अनुकुलता हेरेर वितरण गर्न गर्ने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीे बताए । दाङ जिल्लाको वंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका १८ र १९, तुलसीपुर उपमहानगरपालिका ३ र १९ लाई टिमुर र सुगन्धकोकिला (मालागेडी) को पकेट क्षेत्र तोकिएको छ ।

त्यस्तै बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरीलो जस्ता जडिवुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ ।यो वर्ष टिमुर र सुगन्धाकोकिलाको पकेट क्षेत्र लक्षित वृक्षारोपण अभियान संचालन गरिने प्रमुख ज्ञवालीले बताए ।

काष्ठ प्रजातिका विरुवा लैजानेलाई प्रोत्सहान
जिल्लामा बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका विरुवा लैजाने किसानलाई प्रोत्सहान स्वरुप २० प्रतिशत फलफूलका बिरुवा समेत वितरण गर्न थालिएको छ । यस वर्ष ५० हेक्टर बगरमा २ लाख ५० हजार भन्दा बढी काष्ट तथा फलफुल विरुवाहरु रोप्ने योजना रहेको डिभिजन वन प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । जिल्लाको तराई क्षेत्रमा फलफूलका बिरुवा बिरुवासंगै अन्य विरुवा रोप्ने उपभोक्ताहरुलाई त्यो सहुलियत प्रदान गरिने भएको छ ।

गत वर्ष ४० हेक्टर वगर क्षेत्रमा तारबारसहित बृक्षारोपण गरेको वन कार्यालयले यस वर्ष वन क्षेत्र बाहेकका ऐलानी तथा पर्ति जग्गामा समेत बृक्षारोपणका कार्यक्रम संचालन गर्न उपभोक्ताबाट माग आएको ज्ञवालीले बताए । फलफूल अन्तरगत विभिन्न प्रजातिका आँप, सुन कागती, बाह्रमासे कागती, रुख कटहर, लिची, अनार, नास्पाति, किवी, ङ«यागन प्रूmट, जुनार, सुन्तला, रुख बयर आदी गरी जम्मा ५३००० विरुवाहरु खरिद प्रकृयामा रहेको ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *