
तस्विर – जागेश्वर वली ।
दाङ, असार ९ । बाँकेको सिक्टामा मंगलवार दिउँसो भएको कार दुर्घटनामा परि दूई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुुर महानगरपालिका वडा नं. १२ का कार चालक ४१ बर्षीय कमलराज लम्साल र कारमा सवार पूर्व नवरपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का २२ बर्षीय क्षितिजराज कँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सिक्टामा पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च २७८९ नम्वरको कार दिउँसो पौने २ बजेतिर अनियन्त्रित भइ रुखमा ठोक्किन पुग्दा उक्त दुर्घटना भएको बाँक जिल्लाका प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले जानकारी दिए ।

तस्विर – जागेश्वर वली ।
कँवरको मंगलवार दिउँसो साढे ४ बजेतिर र लम्सालको त्यसअघि नै मृत्यु भएको उनले बताए । चालकको कोहलपुर मेडिकल कलेज तर्फ लैजाँदै गर्दा बाटोमै र कँवरको उपचारका क्रममा मृत्यु भएको थियो । कारमा दूईजना मात्रै सवार थिए ।