२०८१ चैत्र ८ गते शुक्रवार

रुकुम काण्ड – २७ प्रतिवादीको शुक्रवारदेखि थुनछेक बहस सुरु हुने

फाइल तस्विर

दाङ, असार ४ । रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ सोती काण्डका २७ प्रतिवादीको विहीवार बयान सकिएको छ । जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरि भएको चौरजाहारीको सोती काण्डमा ३४ जना प्रतिवादी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । त्यसमध्य चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका अभिभावक लगाएतका २९ जना पक्राउ परेका छन् ।

प्रतिवादी मध्य ५ जना भने फरार रहेका छन् । यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ बर्षीया किशोरी र अर्का एक नाबालकको समेत थुन छेक बहस पुरा भइ उनीहरुलाई बालसुधार गृहमा राख्न आदेश भइसकेको छ । ती बाहेक वडा अध्यक्ष, केटीका अभिभावकसहित अन्य २७ जनाको शुक्रवारदेखि थुनछेक बहस सुरु हुने अधिबक्ता रामचन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *