
तुलसीपुर, असार ३ । क्वारेन्टिन भित्रै महिला माथि बलात्कार भएको विरोधमा बुधवार नमुना सांसदले तुलसीपुरमा प्रदर्शन गरेको छ । नमुना युवा सांसदकी विपक्षी दलकी नेतृ ईशा वलीको नेतृत्वमा तुलसीपुरको वीपी चोकमा पर्दशन भएको हो ।क्वारेन्टिनमै बलात्कार यही हो १० अर्वको चमत्कार, महिला विनोको यो समाज अधुरो छ, क्वारेन्टिन सुरक्षित बनाउन, गृहमन्त्री के गर्दै छन्, बलात्कारीले देश घेर्दै छ्न, हाम्रो आह्वान महिला सुरक्षा र सम्मान भन्ने जस्ता नाराहरु लेखेका प्लेकार्डहरु प्रदर्शनकारीलेहरुले बोकेका थिए ।
कार्यक्रमलाई नमुना सांसदको विपक्षी दलकी नेतृ ईशा वली,नमुना सांसद गणेश भण्डारी,उपस्थितको तर्फवाट ऋषि परियारले सम्वोधन गरेका थिए । उनीहरुले क्वारेन्टिन व्यवस्थित र सुरक्षित बनाउन माग गरेका छन् ।
प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
