असार ३ ।पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा बुधबार बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानेको छ ।
पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको छ । पहिरोका खसेपछि सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार