२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरका दलहरुको सुझाव – स्वास्थ्य र कृषि प्राथमिकतामा राखौं

तुलसीपुर, असार २ । असार ५ गते ल्याउने भनिएको तुलसीपुरको नीति तथा कार्यक्रमका बारेमा राजनीतिक दलहरुसंग मंगलवार छलफल भएको छ । उपमहानगरपालिकाले राजनीतिक दलका प्रमुख र सांसदहरु संग नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बिषयहरु बारे परामर्श गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य शंकर गिरीले स्थानीय आवश्यकताको बोध गरेर नीति तथा कार्यक्रम ल्याउन सुझाएका छन् । ‘अहिलेको मुल आवश्यकता कोरोनाबाट नगरलाई सुरक्षित राख्नु नै हो,’ गिरीले भने ‘ त्यसैले बजेट कोरोना लक्षित हुनुपर्छ।’संविधानसभा सदस्य बुद्धिराम भण्डारीले नयाँ बजेट बस्ति व्यवस्थापन गर्नतर्फ ध्यान केन्द्रित गर्न सझाए । ‘व्यवस्थित शहर अहिलेको आवश्यता हो,’ भण्डारीले थपे ‘ विदेशबाट आएकालाई रोजगार प्रदान गर्नका लागि कृषिलाई प्राथमिकतामा राख्ने गरि बजेट व्यवस्थान गरियोस।’

नेपाली काँग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काले विकासमा समावेशिकरण हुनुपर्ने आवश्यकतामा जोड दिए । नीति तथा कार्यक्रम राम्रो भएर मात्रै नहुने भन्दै महत्वपूर्ण कुरा त्यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रममा नेकपाका नेताथ तथा तुलसीपुरका पूर्व नगर प्रमुखल ढुण्डीराज लामिछानेले फोहोर व्यवस्थापनका लागि जग्गा पहिचान गरेर काम अगाडि वढाउनुपर्नेमा जोड दिए । ‘स्वच्छ नगर सबैको आवश्यकता हो,’ उनले भने ‘ त्यसका लागि बजेटमा विषेश व्यवस्था गरियोस।’

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजालले समावेशिता, समानता र सहभागितामुलक विकासमा सबैले जोड दिनुपर्ने सुझाए । उनले नयाँ नीतिमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । कार्यक्रममा विषय प्रवेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले सबै पक्षका कुरालाई समेटेर नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जाहेर गरेका थिए ।‘हामीले महामारीसँग लड्दै विकासलाई अगाडि वढाउनु छ, तथापि चुनौतिका विचमा हामीसँग सम्भावनाहरु पनि प्रशस्त रहेका छन्,’ उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का, नेकपाका नेता कृष्णप्रसाद भुषाल, खुसीराम चौधरी, शेसुराम भण्डारी, नेपाली काँग्रेसका भिमप्रकाश भण्डारी र जनमोर्चाका भरत भण्डारी,जनता समाजवादी पाटीका जीवन भण्डारी, राप्रपाका श्यामलाल पोख्रेल लगायतले असार ५ मा आउने नीति तथा कार्यक्रमका बारेमा आ–आफ्ना सुझावहरु दिएका थिए ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *