रुकुम, असार २ । रुकुम चौरजाहारीको सोती काण्डका अभियुक्तहरुको मंगलवारदेखि बयान सुरु भएको छ । बयान सकिए पछि थुनछेक बहस सुरु हुने छ । जिल्ला अदालतले आइतबार हत्या गरिएका भनिएका नवराजकी प्रेमिका भनिएकी युवती, उनकाका बावु, दाजु र वडाअध्यक्षलगाय ३४ जनालाई सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
जिल्ला अदालत रूकुम पश्चिममा सोमवार भएको थुनछेक बयान र बहस पछि दुई जनालाई सुधार गृहमा पठाउन आदेश दिएको छ । चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउन आदेश गरेको हो । न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका भनिएकी उनकी प्रेमिका र अर्का एक नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश गरेको थियो ।
जेठ १० गते चौरजहारीमा प्रेमिका लिन भनि पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो।क्रुरतापूर्वक ६ जनाको हत्या गरेको, १२ जनालाई घाइते बनाएको र जातीय विभेद गरेको आरोप अभियुक्तहरुलाई लगाइएको छ । जसमा नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ। मतियारलाई भने मूल मुद्दामा हुने सजायको आधा सजाय हुन्छ। ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।