
असार १ । प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ। स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/०७८ को लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभा वैठकमा प्रदेश सरकारको तेस्रो पूर्ण वजेट सार्बजनिक गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरेको हो ।
प्रकाशित मिति : २०७७ असार १ गते सोमवार