२०८१ माघ १२ गते शनिवार

दाङका कारागारको सुरक्षामा नेपाली सेना खटियो

दाङ, असार दाङका कारागारहरुमा सुरक्षा गार्डको रुपमा सोमवारदेखि नेपाली सेना खटिएको तुलसीपुर घोराहीको कारागारको सुरक्षाका लागि नेपाली सेना खटिएको हो प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले त्यसको पुष्टि गरे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि खटाउन थालिएपछि जनशक्ति अभाव टार्न तत्कालका लागि नेपाली सेनालाई सोमवारदेखिकारागार सुरक्षार्थ खटाइएको रिजालले बताए हालसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिदै आएको थियो

लकडाउनको अवधिमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने सरकारी नीति अनुरुप जनशक्ति अभाव भएपछि सेनाकारागारको सुरक्षामा खटिएको प्रजिअ रिजालले जानकारी दिए यसअघि आम निर्वाचनको समयमा पनि सेनाले कारागारको सुरक्षागर्ने गर्दथ्यो

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *