तुलसीपुर, जेठ ३१ । तुलसीपुरमा युबाहरुको एक समुहले सदनमा विचाराधिन एमसिसी पारित नगर्न भन्दै खवरदारी गरेका छन् ।कार्यक्रम पछि युवा हेमन्त प्रकाश वलीले एमसिसी सम्झौता हिन्द प्रशान्त रणनीतिकै अंग भएको र देशको हितबिपरित भएको भन्दै कुनैपनि हालतमा त्यो परियोजना संसदबाट पास गर्न नहुने बताए ।जवरजस्ती त्यो पास गर्न खोजे सैह्य नहुने उनले चेतावनी दिए ।
अत्याधुनिक हतियार भण्डारण गर्ने,उत्पादित बिजुली नेपालभन्दा पहिले गोरखपुर लग्ने,परियोजनाका लागि जनशक्ति श्रोत साधनमा अमेरिकी एकाधिकार,कर तिर्नु नपर्ने, दिल्ली र अमेरिकाले चाहेमा जुनसुकै बेलापनि सम्झौता रद्द गर्न सक्ने,बौद्धिक सम्पत्तिमा अमेरिकी एकाधिकार जस्ता बिबादाष्पद अनुसुचि राखिएको हुँदा त्यो राष्ट्रको हित विपपरित भएको वलीले जिकिर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्ने अर्का बक्ता तेजप्रसाद पोख्रेलले एमसिसी मार्फत देश अमेरिकालाई बेचेर आफ्नै देशबासीलाई शरणार्थी बनाउने षडेन्त्रमा सरकार लागेको आरोप लगाए ।लेखापरीक्षण सम्म नेपालले गर्न नपाउने सम्झौता देश हितमा रहन्छ भन्ने आधार नरहेको उनले दाबी गरे । उनले संसद भबन बिदेशी जासुसले भरिएको उल्लेख गर्दै एमसिसी पारित गराउन विदेशी लागि परेको बताए ।
कोणसभा पूर्व एमसिसी सम्झौता खारेज गर, देश बेच्न पाइदैन, राष्ट्रघाति दलालहरु होसियार,अमेरिकी साम्राज्यवाद मुर्दाबाद जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएका थिए। कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए ।