२०७८ जेष्ठ ४ गते मङ्गलवार

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँछ – प्रचण्ड


दाङ, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि गणतन्त्रले फिर्ता लिने बताएका छन् । शनिवार प्रतिनिधिसभा संसद बैठकमा प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको दाबी गर्दै त्यो गुमेको भूमि अब गणतन्त्रले फिर्ता लिने बताएका हुन ।

उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने प्रचण्डले बताए । लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको भएपनि पछिल्लो पटक एकलौटी ढंगले बाटो खोलिएको भन्दै प्रचण्डले त्यसको विरोध गरे ।

प्रचण्डले भने, ‘भारतसँग मित्रता चाहेका छौं। आवेगमा छैनौं। नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन।’प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताए। प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *