दाङ, जेठ ३१ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको संविधान संशोधन प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले गिरीको प्रस्ताव अस्विकृत घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी छन् । त्यसअिघ गिरी बोल्न खोज्दा सांसदहरुले नै सदनमा हो–हल्ला गरेका थिए ।
नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको विधेयकमाथि गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन । सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेको भएपनि सांसदहरूले होहल्ला गरेका कारण उनी बोल्न पाइनन् । समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको भएप्नि सांसद गिरीले भने ह्विप नमान्दै बाहिरीएकी हुन ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार