काठमाडौं, जेठ ३१ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक नेता हातहतियार र बमसहित पक्राउ परेका छन् । शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्वबर ११ निवासी ४१ बर्षीय सानुराज बज्राचार्य पक्राउ परेका छन् ।
बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानबाट उनलाई बमसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको कोठावाट सकेट बम ३ थान, कटुवा पेस्तोल १ थान बरामद गरेको छ । बरामद भएका बम भने सेनाले डिस्पोज गरेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार