२०८१ बैशाख १२ गते बुधवार

अब सबैलाई अस्पताल राखेर उपचार गर्न सकिदैन– प्रदेश सरकार


बुटवल, जेठ ३० । कोरोना संक्रमित सबैलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने ५ नम्वर प्रदेश सरकारले बताएको छ ।प्रदेश मन्त्रिपरिषद शुक्रवारको बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले त्यस्तो जानकारी दिएका हुन ।बैठकले अबदेखि संक्रमितलाई अस्पताल बाहिर आइसोलेसनमा राखेर उपचार गराउने निर्णय भएको प्रबक्ता चौधरीले बताए ।

ठूलो संख्यामा नतिजा आउन बाँकी रहेको हुँदा अब सरकारले कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने निचोडमा बैठकले गरेको प्रबक्ता चौधरीले जानकारी दिए । कोरोनाका लक्षण देखिएका र बिरामीलाई अस्पतालमा राख्ने अनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसन सेन्टरमा मात्रै राख्ने नीति अनुसार आइसोलेसनको मापदण्ड स्वीकृत गरेको उनले बताए ।

यसैबीच मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन बारे नयाँ कार्यविधि पनि स्वीकृत गरेको छ । नयाँ कार्यविधि अनुसार अब मृतकका परिवारलाई पनि त्यसमा सहभागी गराउन सकिने भएको छ । हालसम्म संक्रमितको शब व्यवस्थापनको जिम्मा नेपाली सेनाले गर्दै आएको थियो । यसैबीच प्रदेश सरकारले पत्रकारहरुको कोरोना विमाका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ लाई पहिलो चरणको किस्ता स्वरुप ४ लाख ९८ हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *