२०८१ चैत्र १४ गते बिहिवार

पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रियासनमाथि हातपात गर्नेलाई कारवाहीको माग

तुलसीपुर, जेठ ३० । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन माथि हातपात गर्नेहरु माथि कारवाहीको माग गरिएको छ । प्रियासनमाथि घोराही उपमहानगरपालिका वडा नं. १५ न्यूरोड निवासी साजन भण्डारी लगाएत दुई÷तीन जना युवाहरुको समुहले विहीवार सामान्ने छलफलका क्रममा अभद्र व्यवहार हुनुका साथै हातपात समेत भएको थियो ।त्यसक्रममा प्रियासनको मोटरसाईकलको चाँबी खोस्नेदेखि उनीमाथि अराजक युवाहरुले अभ्रद्र व्यवहार समेत गरेको भन्दै शाखा सचिव भूपेन्द्र वलीले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

स्थानीयले टिप्पर रोकपछि पत्रकार सम्मेलन गर्न भनेर अध्यक्ष प्रियासन त्यहाँ निम्त्याइएको थियो । त्यही क्रममा अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा साजन भण्डारी लगायत केही युवाले अराजक दुव्र्यवहार पर्दशन गरेको सचिव वलीले जानकारी दिएका छन् ।पुनः घोराही उपमहानगरपालिका— १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबीच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि अध्यक्षन प्रियासन फेरि सो स्थानमा पुगेका थिए ।

सोही क्रममा स्थानीयंसंग सौहाद्रतापूर्वक छलफल चलिरहँदा पुनः साजन भण्डारी लगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबि खोसेर हातपात समेत गरेको शाखा सचिव वलीले जानकारी दिएका छन् ।‘यसका साथै सञ्चारजगतको चरित्र हत्या गर्ने उद्येश्यले विहीवार राति साजन भण्डारी लगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकमीको नै चरित्रहत्या गर्ने प्रयास गरेका छन,’ वलीले भनेका छन् ‘आफनो संस्थागत जिम्मेवारी अनुसार काममा खटिनुभएका अध्यक्षमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसमको दुव्र्यवहारप्रति गम्भिर आपति प्रकट गर्दै दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन सँग माग गर्दछौं ।’

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *