२०८१ माघ ३ गते बिहिवार

सरकार विरुद्ध बालुवाटार अगाडी स्वस्फूर्त रुपमा प्रदर्शन


काठमाडौं, जेठ २९ । सरकारविरूद्ध देशका विभिन्न ठूला सहरहरुमा पर्दशन भएको छ । विहीवार काठमाडौं, पोखरा लगाएका सहरमा स्वस्फूर्त रुपमा प्रदर्शन भएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि १० अर्व खर्चको विवरण माग्दै युवाहरुले स्वस्फूर्त रुपमा प्रदर्शन गरेका हुन । उनीहरुले भ्रष्ट सरकार मुर्दाबाद, सरकार तेरो पाराले दुःख पाए साराले भन्दै सरकार विरुद्ध चर्का नारावाजी गरेपछि प्रहरीले पानीको फोहोराले हानेको थियो ।

सरकारको विरोधमा सडकमा सयौं मासिनहरु भेला भएर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले उनीहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।गृहले मन्त्रालयका सहसचिव केदारनाथ शर्माले विज्ञप्ति मार्फत लकडाउनको आदेश अवहेलना गर्नेलाई १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्न सकिने चेतावनी दिएका छन् ।

सरकारको काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित जिल्लाका सिडिओले त्यसरी नगद जरिवाना र थुनामा राख्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *