जेठ २९।अबदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने भएका छन । मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पारेको बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएको जानकारी दिए।
सरकारी कार्यालय बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुनेछ। त्यस्तै १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने भएको छ। भीडभाड नहुनेगरी काम गर्नका लागि यस्तो व्यवस्था गरिएको उनले बताए। असार १ गतेदेखि सबै सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले बताए।
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार