तुलसीपुर, जेठ २८ । त्रिभूवन विश्वविद्यालयमा सत्तासिन दल नेकपाले आफ्ना कार्यकर्ता धमाधम भत्ति गर्न थालेको भन्दै प्रजातन्त्रबादी प्राध्यापक सघं दाङले विरोध जनाएको छ । सघंका नेपाल बहुमुखी क्याम्पस दाङ इकाइ सभापति सुधिर पोखरेले बुधवार विरोध पत्र बुझाउँदै त्रिवि भित्र कोभिड – १९ को मौका छोपी मनपरी हुँदै आएको भागबन्डा रोक्न सचेत तुल्याएका छन् ।
‘स्थापित, निश्चित एवं पारदर्सी मापदण्ड विपरित त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आफु अनुकुल नेकपा भित्रका गुटउपगुटलाई मनपरी ढंगले भागबण्डा लगाउँदै बिश्वबिध्यालयका बिभिन्न रिक्त पदमा गरीएको नियुक्ती प्रति घोर आपत्ति प्रकट गर्दछौं,’ अध्यक्ष पोखरेलले बुझाएको विरोध पत्रमा उल्लेख छ ।
विश्वविद्यालयमा नियुक्तिको नाम दिएर हाल नेकपा भित्रका गुटउपगुटमा भैरहेको भागबण्डाका बिरूद्ध प्रजातन्त्रबादी प्राध्यापक सघं दाङ इकाइ शसक्त विरोधमा उत्रने उनले चेतावनी दिएका छन् । बुधवार बुझाइको विरोध पत्रमा हाल विभिन्न क्याम्पसहरूमा भएका यस्ता खाले नियुक्तीहरूको जोडदार विरोध गर्दै यस महेन्द्र बहुमुखी क्याम्पस दाङमा यस्ताखाले कुनै गतिविधी नगर्न चेतावनी दिइएको छ ।