२०८१ माघ १३ गते आइतवार

दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन मोडालिटीबारे छलफल हुने

जेठ २८। आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै छ । बैठकमा लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल हुनेछ । चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ ।दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *