२०७८ बैशाख २८ गते मङ्गलवार

तुलसीपुरमै पिसिआर विधिवाट कोरोना चेकजाँचका लागि माग गरिने

तुलसीपुर,जेठ २३ । तुलसीपुरमै पिसिआर विधिवाट कोरोना भाइरसको चेकजाँच गर्नको लागि स्थानीय सरकारले माग गरेको छ ।छिमेकी देश भारत लगाएतका स्थानवाट आउने सर्वसाधारणको संख्या बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकामा शुक्रवार बसेको विपद व्यवस्थापन समितिको बैठकले  राप्ती प्रादेशिक अस्पतालमै पिसिआर चेकजाँच गर्ने व्यवस्था हुनुपर्ने माग गरेको हो ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै हालसम्म त्यस्तो चेकजाँच हुँदै आएको छ । विपद व्यवस्थापन समितिको बैठकले तत्काल तुलसीपुरमा समेत चेकजाँचको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले कोरोना चेकजाँच गर्नेको संख्या उल्लेख्य मात्रामा वढेको निष्कर्ष निकाल्दै तत्काल तुलसीपुरमै कोरोना भाइरसको पिसिआरविधिवाट चेकजाँचको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको हो ।

हालसम्म दाङमा एउटा मात्रै पिसिआर मेसिन उपलब्ध छ । त्यसैले उसलाई अत्यधिक चाप खेप्नु परेको छ । स्वाब संकलन गरेको लामो समयसम्म पनि परीक्षण रिपोर्ट आउन ढिला हुने रेको छ। स्वाबको परीक्षण ढिलो हुँदा क्वारेन्टाइनमा लामो समयसम्म मान्छे राख्नुपर्ने बाध्यता रहेको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *