२०८१ माघ ३ गते बिहिवार

चौरजहारी काण्ड– १२ दिनपछि १८ जना विरुद्ध १० दिने म्याद थप


दाङ, जेठ २२ । रुकुम पश्चिमको चौरजहारी काण्डका आरोपित २० जना मध्य १८ जना विरुद्ध म्याद बिहीबार १० दिनको म्याद थप भएको छ । पीडित पक्षले किटानी जाहेरी दिएका मध्य २ जनालाई भने प्रहरीले घटना घटेको १२ दिन पुग्दा समेत पक्राउ गर्न सकेको छैन । चौरजहारी घटनाका पीडित परिवारले २० जना विरुद्ध कतर्बज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

प्रहरीले अभियुक्तहरुलाई १२ दिन पछि जिल्ला अदालतमा म्याद थपको लागि बिहीबार उपस्थित गराएको थियो । त्यसपछि अदालतले उनीहरुलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो । रुकुमको चौरजहारीको सोती गाउँमा मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनि गएका जाजरकोटका नबराज बिकसहितका १९ जना युबाहरुलाई स्थानीयले लखेटी लेखटी आक्रमण गरेका थिए ।

उक्त घटनामा परि जेठ १० गते बेलुका जाजरकोट जिल्लाको भेरी नगरपालिकाका निवासी २१ बर्षीय नवराज विक,गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही, रुकुम पश्चिम चौरजहारी नगरपालिकाका वडा नं. १ का टीकाराम नेपालीले भेरी नदीमा हाम फाल्दा ज्यान गुमाएका थिए । उनीहरुको शब खोजी गर्दा बिभिन्न समयमा नदी किनारमा फेला परेको हो । एकजना भने पौडिएर भेरी नदी पार गरेका थिए । नदीमा हाम फाल्न डराएका १२ जनालाई सोतीका स्थानीयले कुटपिट गरि घाइते तुल्याएका थिए ।

उक्त घटनाको आरोपितहरु मध्य चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बुवा आमासहित १८ जनालाई प्रहरीले १२ गते मात्रै पक्राउ गरेको थियो । जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले घटनाका आरोपित मध्य २ जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *