
दाङ, जेठ २१ । प्रहरी चौकीमा आक्रमण गर्ने रुकुम पश्चिमका एक वडाध्यक्ष पक्राउ परेका छ्न । मुसीकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो ।
‘प्रहरीले केहीबेर अघि चौकीमा आक्रमण गरेको अभियोगमा वडाध्यक्षलाई पक्राउ गरेको छ,’ एक प्रहरी अधिकारीले भने । वडाध्यक्षकेसीले मंगलवार बेलुका सवा ८ बजेतिर मदिराले मातेपछि ग्याङसहित वडा नं. १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमणगरेका थिए ।
प्रहरी पोष्ट इञ्चार्ज धनबहादुर साउदले मंगलवार बेलुका सवा ८ बजेतिर मदिराले मातेर आएको वडाध्यक्ष नेतृत्वमा उनका भाइ राजनकेसी, छोरा विमर्ष केसी, खिमराज गिरी, हरि ददेल,पूर्णबहादुर ददेल लगातएको ३०÷४० जनाको समुहले प्रहरी पोष्टमा आएर एक्कासीढुँगामुडा गर्दै तोडफोड गरेको जानकारी दिएका थिए ।
प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार