
दाङ, जेठ २१ । रुकुम पश्चिममा एक वडाध्यक्षको नेतृत्वमा प्रहरी पोष्टमा तोडफोड भएको छ ।मुसीकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको ३०÷४० जनाको समुहले मंगलवार बेलुका सवा ८बजेतिर अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेको छ ।
मदिराले मातेका वडाध्यक्षले ग्याङसहित प्रहरी पोष्टमा आक्रमन गरेको प्रहरी पोष्ट छिवाङका इञ्चार्ज सई धनबहादुर साउदलेफरककोणलाई बताए ।
प्रहरी पोष्ट वडा नं. १४ मा पर्छ । वडाध्यक्षको समुहले प्रहरी पोष्टमा ढुँगामुडा गर्नुको साथै कुर्सीहरु समेत तोडफोड गरेका छन् । उनलेडिउटीका प्रहरीलाई लात्ता हान्नुका साथै घुचुटेर लडाइ दिएको प्रहरी इञ्चार्ज साउदले बताए ।
तत्कालिन नेकपा माओवादीवाट निर्वाचित वडाध्यक्ष केसीले एक हप्ता अगाडि मात्रै सिम्लीका युवाहरु संगै यस्तै ग्याङफाइट गरेका थिए। उनका यसअघि पनि प्रहरीमा यस्तै मुद्दाहरु रहेको प्रहरीले बताएको छ ।