तुलसीपुर, जेठ २१ । १४औं जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस तुलसीपुरमा मनाइएको छ ।बुधवार तुलसीपुर क्षेत्रका दलित अगुवा र युवाहरूले निधारमा कालो पट्टी बाँधेर दिवस मनाएका हुन ।तुलसीपुरको बीपी चोकमा आयोजित कार्यक्रम सयुक्त दलित युवाका संयोजक खेमराज बिकको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा घनश्याम सेर्पाईलीले छुवाछुत उन्मुलन दिवस मनाइरहँदा रुकुमको घटनालाई सारा देशबासीलाई गिज्याइ रहेको बताए ।‘गैरदलित केटी ल्याउन भनी जाजरकोटबाट गएका नविन विक र उनका साथीहरु माथि भएको अत्याचारको निश्पक्ष छानविन हुनुपर्छ,’ उनले भने ।
नेपाली काँग्रेसकी नेतृ समेत रहेकी देबीका नेपालीले कितावमा लेख्दैमा समानता नआउने तथा छुवाछुत उन्मुलन नहुने हुँदा त्यसलाईहरेक व्यक्तिले व्यवहारमा उतार्न आवश्यक रहेको बताइन । ‘कानुनले त छुवाछुत उन्मुलन गरेको बर्षौंं भइसक्यो,’ उनले भनिन् ‘तरपनिसमाजमा अझैंपनि त्यो व्याप्त छ।’ उनले राजनीतिक दल र उच्च ओहादाका मानिसहरुले छुवाछुत उन्मुलनमा उदाहरणिय भूमिकाखेल्नुपर्ने धारणा राखिन ।
कार्यक्रमका अन्य बक्ताहरु चेतबहादुर सेर्पाइली, निर्मला गुप्ता, निर्मल नेपाली, नारायण परियार, इश्वरी सुनार, लगयतले दलितअधिकारकर्मीहरुले दलितका संबैधानिक हक अधिकार कार्यान्वयन नभएको प्रति गुनासो गरेका थिए । उनीहरुले समाजमाजातियताका आधारमा हिंसा भइरहेको भन्दै त्यो रोक्न राज्यले भूमिका खेल्न नसकेको बताएका थिए ।मेघराज सोनीले स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश सेर्पाइलीले गरेका थिए ।