२०७८ जेष्ठ २ गते आइतवार

प्रदेश सरकारले कोरोनावाट मृत्यु भए १ लाख दिने


बुटवल, जेठ २० । कोरोना संक्रमणका बाट मृत्यु भए मृतकको परिवारलाई एक लाख रुपैंया राहत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ। मंगलवार बसेको मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्री परिषद बैठकले मृतकका परिवारलाई एकलाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय भएको बताए । त्यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकालाई शव वाहान खरिद गर्नको लागि १५– १५ लाख अनुदान उपलब्ध गराइने निर्णय पनि गरेको छ ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा ती शवबहानहरु प्रयोग गर्ने गरि उक्त रकम अनुदान दिने निर्णय भएको प्रबक्ता चौधरीले बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *