तुलसीपुर, जेठ २९ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले रुकुम पश्चिम चौरजारी घटनालाई सत्ता पक्षकै जिम्मेवार नेताहरुबाटै तोडमोड गर्न खोजेको बताएका छन् । शान्ति समाजको २५औं स्थापना दिवसका अवसरमा सोमबार तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बस्नेतले सदनमा समेत गलत रिपोटिङ भएको बताए ।
‘जिम्मेवार नेताबाट नागरिकलाई गुम्राह बनाउने कोसिस गरिएको छ,’ उनले भने ‘यो पनि सामाजिक अपराध हो।’ बस्नेतले यसकिसिमका क्रियाकलापले समूदायमा द्धन्द बढाउने हुँदा कसैले द्धन्दलाई प्रसय दिन नहुने तर्क गरे । घटनामा संलग्न ब्यक्तिहरुलाई संरक्षण गर्न नहुने उनको जोड थियो ।समाजका दाङ शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एबम बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले राजनीतिक अधिकार,सामाजिक न्याय,समुन्नत समाज निर्माणका लागि शान्ति समाजले अग्रणी भूमिका निर्बाह गरिरहेको बताए ।
दलित नागरिक समाजका छवि परियारले शान्ति समाजले जातिय बिभेदका बिरुद्ध गरिरहेको अभियान स्रहानिय भएको बताए । कार्यक्रममा समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली, शाखाका पूर्ब सभापति सुरेश श्रेष्ठ,बिभागिय संयोजक नविनकुमार पोख्रेल,सामाजिक अभियान्ता टोपबहादुर महतरा, नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष रेश्मीराज अधिकारी,लायन्स क्लवका अध्यक्ष यज्ञबहादुर केसी,नेपाल रेडक्रस सोसाईटी दाङका बिश्राम अधिकारी र भिमलाल मरासीनि,त्रिशिदेश्वरी टोल विकास संस्थाका होमराज शर्मा,पत्रकार गोपाल शर्मा भट्टराई र प्रकाश डाँगी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सकाजका उपसभापति तुलसीराम सुनारको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रममा धन्यबाद ज्ञापन कोषाध्यक्ष अमृतप्रसाद शर्माले गरेका थिए भने सहजिकरण सहसचिब उषा गौतमले गरेकी हुन । २०५३ साल जेठ १९ गते शान्ति समाजको स्थापना भएको थियो ।