
जेठ १७ । सरकारले लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गते सम्म बन्द हुने एक मन्त्रीले बताए ।
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन चैत्र ११ गते देखि गर्दै आएको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार