२०८१ बैशाख १९ गते बुधवार

चौरजाहारी काण्डको चौतर्फी निन्दा

दाङ, जेठ १५ रुकुम पश्चिमको चौरजाहारी नगरपालिकामा जाजरकोटका युवाहरु माथि भएको अमानविय कार्यको चौतर्फी रुपमाविरोध सुरु भएको घटनाको विभिन्न संघ संस्थाहरुले निन्दा एवं भत्सना गरेका छन् नेपाल दलित संघ दाङका अध्यक्ष बाबुरामविश्वकर्माले दलित समुदायले अन्तरजातिय विवाह गर्न खोज्दा ज्यानै लिनुलाई अन्त्यतै निन्दनिय भएको उल्लेख गरेका छन्

घटनामा संलग्नहरुलाई कानुन अनुरुप कारवाही क्षतिपूर्ती उपलब्ध गराउन जिल्ला अध्यक्ष विश्वकर्माले विज्ञप्ति मार्फत माग गरेका छन्

तुलसीपुर नगर जेसिजको ध्यानाकर्षण
रुकुम काण्डको तुलसीपुर नगर जेसिजले निन्दा एवं भत्सर्ना गरेको नगर जेसिजका अध्यक्ष मोहन सुनार महासचिव   महासचिव केशवराज केसीले                                              विहीवार संयुक्त विज्ञप्ति मार्फत अन्र्तजातिय विवाहको विषयलाई लिएर रुकुमपश्चिममा भएको अमानविय घटनाले  जेसीजको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्

उक्त घटना समाजमा जातिय विभेदलाई निर्मूल पार्न संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा जातिय भेदभाव विरुद्धको हक, समानताको हक,  सम्मानपूर्वक वाच्न पाउने हक, जातिय तथा सामाजिक छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन तथा सबै किसिमकाजातिय भेदभाव उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय महासन्धि विपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको

नेपाल २०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेको भएपनि त्यस विपरितका हर्तकहरु गर्नेमाथि छानविन गरि कारवाही पीडितका परिवारलाई न्याय दिन उनीहरुले माग गरेका छन्

बबईमा पनि विरोध प्रदर्शन
नेपाली काँग्रेस बबई गाउँपालिका वडा नं. को आयोजनामा चौरजाहारी काण्डको विरोध गरिएको वडा नं. का सभापति प्रेमलालनागबागको  अधयक्षता बबईका सभापति बलबहादुर बुढाको प्रमुख आथित्यमा विरोध कार्यक्रम भएको कार्यक्रमलाई प्रमुखअतिथि बुढा, ट्रेड यूनियन काँग्रेस दाङका उपाध्यक्ष पूर्णबहादुर केसी, डिल्ली सुनार लगाएतले घटनाको निन्दा गर्दै दोषी उपर कारवाहीकोमाग गरेका थिए   कार्यक्रमको सहजिकरण स्थानीय शिक्षक डिल्ली सुनारले गरेका थिए

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *