तुलसीपुर, जेठ १५ । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।परिवर्तनको पक्षमा उभिएका सबै नागरिकमा शुभकामना दिदै सभापति खड्काले परिवर्तनको अनुभूति सबै देशबासीले समान रुपमा गर्न पाउनु पर्ने उल्लेख गरेका छन् ।
‘गणतन्त्रका पहुँच वाला र टाठा बाठाको लागि मात्रै हैन,’ खड्काले भने ‘सबै भूगोलका, निम्न वर्ग र जातजातीका लागि समान रुपमा अनुभूत गर्न पाउनु पर्छ ।’ नेपाली काँग्रेस त्यसैको पक्षमा अनवरत संघर्षरत रहेको उनले बताए । काँग्रेसको २००७ सालदेखिको लडाई त्यसैका लागि हुँदै आएको भएपनि विभिन्न कालखण्डमा लोकतन्त्रमाथि षडेन्त्र हुँदै आएको हुँदा सजग रहनुपर्ने समय आएको उनले बताएका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार