२०७८ जेष्ठ ४ गते मङ्गलवार

गणतन्त्र परिवर्तनको मियो बनोस् : नगरप्रमुख पाण्डे


तुलसीपुर, जेठ १५ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गणतन्त्रलाई परिवर्तनको मियो वनाउनुपर्ने उल्लेख गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पाण्डेले आजको दिनलाई सदियौ पुरानो राजतन्त्रको अन्त्य गरेर जनताको शासन सुरुवात भएको महत्वपूर्ण दिनको सम्झना गरेका छन् । ‘जनताको बलियो संघर्ष र बलिदानले आजको परिवर्तन सम्भव भएको हो,’ उनले भनेका छन् ।

सुखी जनता र समृद्ध तुलसीपुरको नारालाई सार्थकता दिनका लागि विभिन्न जनपक्षिय योजनाहरु तुलसीपुरले अगाडि बढाएको उनले बताएका छन् । पाण्डेले नगरको समृद्धि र विकासका लागि प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकतावद्ध भइ सबै अगाडि वढ्नुपर्नेमा उनको जोड छ ।

कोरोनाको संक्रमणलाई मध्यनजर गरेर आपतमा परेकालाई उद्धार गर्दै क्वारेन्टाइनमा राख्नुका साथै काम ठप्प हुँदा चुलो नबल्नेहरुलाई श्रमबैक मार्फत रोजगारी र खाद्यान्न वितरण गरेर जनताका पक्षमा काम गर्दै आएको कुरा पनि उनले उल्लेख गरेका छन् । कोरोनाको संक्रमणबाट हामी आफ्नै लयमा छिट्टै फर्कने छौं,’ उनले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *