
जेठ १२। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन सोमबार अपरान्ह ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । बैठक सकिए लगत्तै ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताए।
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार